१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

उपाधि भिडन्तमा प्रदेश १ र एपिएफ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:४o:oo

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टिम एपिएफ र प्रदेश १ भिड्ने भएका छन् । फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनलमा जित हासिल गर्दै दुवै टोली उपाधि दाबेदारका रूपमा उभिएका हुन् ।

स्थानीय फाप्ला क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा प्रदेश १ ले घरेलु टोली सुदूपश्चिम प्रदेशलाई नौ विकेटले स्तब्ध पा¥यो । जितसँगै प्रदेश १ ले यसअघि सुदूरपश्चिमसँग मेयर कपको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिएको छ । सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट क्षतिमा भेटायो । प्रदेश १ ले १६ दशमलव पाँच ओभरमा विजय लक्ष्य पूरा गरेको हो । 

पहिलो विकेटका लागि ओपनरद्वय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै सानदार जितको आधार खडा गरे । अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन र काजलले २८ रन बनाइन् । रुविनाले अप्सरी बेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित नौ रन बनाइन् । सुदूरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिइन् ।

सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै सामान्य योगफल मात्रै बनायो । सुदूरपश्चिमले २० ओभरमा सात विकेट क्षतिमा ८५ रन बनायो । सात रनमा तीन विकेट गुमाएर धर्मराएको सुदूरपश्चिम लयमा फर्कन सकेन । सुदूरपश्चिमकी सम्झना खड्काले सर्वाधिक २७ रन र कप्तान रितु कनौजियाले २५ र डल्ली भट्टले १२ रन बनाए । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योति दनवारले एक–एक विकेट लिइन् । 

दोस्रो सेमिफाइनलमा विभागीय टोली एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय २९ रन बनायो । एपिएफकी रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् । यस्तै, ममता चौधरीले २७ रन, सीता रानामगरले १८, राजमति ऐरी १४ र ज्योति पाण्डेयले ११ रन थपे । लुम्बिनीका मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले एक–एक विकेट लिए ।

एक सय ३० रनको विजय लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश ९१ रनमा समेटियो । निर्धारित २० ओभरमा लुम्बिनीले पाँच विकेट क्षतिमा ९१ रन जोडेको हो । लुम्बिनीकी नेरी थापाले अविजित ३८ रन बनाइन् । यस्तै, नितु भण्डारीले १८ रन जोडिन् भने तेस्रो विकेटका लागि नेरी र नितुले ४६ रनको साझेदारी गरे । एपिएफका लागि रेखा रावलले तीन विकेट र सीता रानामगरले एक विकेट लिए । नेपाल क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

ad
ad