१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एनआइसी एसिया बैंकद्वारा विभिन्न विद्यालयमा पुस्तकालय भवन निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १३:o८:oo

एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ।

विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सहभागितामा उक्त पुस्तकालय भवनहरू निर्माण गरेको बैंकले जनाएको छ।

बैंकले सुदूरपश्चिमको कैलाली जिल्ला जोशीपुर गाउँपालिका– १ मा रहेको मोहन्याल मावि, मधेशको सिराहा जिल्ला भगवानपुर गाउँपालिका– १ मा रहेको बाला सुन्दरी मावि, कोशीको झापा जिल्ला बुद्धशान्ति गाउँपालिका– २ मा रहेको आदर्श मावि र झापाकै गौरीगन्ज गाउँपालिका– ३ मा रहेको गौरीगन्ज मावि, गण्डकीको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका– १ मा रहेको पवित्रा माविको पुस्तकालय भवन निर्माणकार्य सम्पन्न भएर हस्तान्तरण गरिएको हो।

त्यसैगरी, मधेशको पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– १४ मा अवस्थित सिद्धार्थ मावि र लुम्बिनीको रुपन्देही जिल्ला सियारी गाउँपालिका– ४ मा रहेको पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवनहरू निर्माण कार्य भइरहेको तथा बागमतीको चितवन जिल्ला राप्ती नगरपालिका–७ मा रहेको वीरेन्द्र आदर्श माविको भवन निर्माणका लागि निर्माणकर्ता छनाेट प्रक्रिया अघि बढेको बैंकले जनाएको छ।

बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि कुल रु. दुई करोड १३ लाख २३ हजार बजेट विनियोजन गरेको छ। यी पुस्तकालय भवनहरू निर्माणपछि उक्त विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीमा पहुँच भई उनीहरूको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

ad
ad