१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ८ बिहीबार
  • Friday, 04 July, 2025
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ८ बिहीबार १६:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबराको बहिर्गमनबारे नेताहरूले ध्यान दिएका संकेत पाएका छौँ : अध्यक्ष श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ८ बिहीबार १६:o४:oo

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लाग्न सक्ने संकेत गरेका छन्। बिहीबार सर्वोच्च अदालत परिसरमा बारको नियमित विरोध कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले जबराको बहिर्गमनका लागि राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण भएको संकेत पाएको बताएका हुन्।

श्रेष्ठले जबराले चाहेजस्तै गरी संसदमा बहिर्गमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने बताए। ‘न्यायपालिकाको गरिमा कायम राख्नका लागि, न्यायपालिका निष्पक्ष, स्वच्छ, स्वतन्त्र बनाउनका लागि सरकारदेखि लिएर प्रतिपक्षसम्मले विशेष पहल, भूमिका निर्वाह गर्नुपर्दछ भन्ने हामीले आवाज उठाउँदै आएका छौँ। यसतर्फ अहिले दलका नेताज्यूहरूले ध्यान दिनुभएको हो कि भन्ने संकेत हामीले पाएका छौँ। चोलेन्द्रशमशेरको आगमन अदालतमा जति दिन हुन्छ त्यति दिनसम्म नै न्यायपालिकाको आस्था तल जाँदै गर्छ। न्यायपालिकाको आस्था कायम राख्नका लागि, सेवाग्राहीहरूलाई न्याय किनबेच गर्नु नपर्ने सर्वसुलभ, निष्पक्ष न्याय, स्वच्छ न्याय दिलाउन हामी बार एसोसिएसन वाचडगको रूपमा रहेका छौँ। उहाँले चाहेअनुसारको बहिर्गमन गराउने एउटा अर्को बाटो छ– संसद्। त्यो संसद्को थलोमा अहिले हाउस चलिराखेको हुनाले त्यहाँ छलफल हुने नै छ, छिट्टै छलफल हुन्छ। त्यहाँबाट एउटा निष्कर्ष निस्कन्छ,’ उनले भने।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म बारले गरेको विरोधका कार्यक्रम जारी रहने पनि प्रस्ट पारेका छन्।