१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ६ मंगलबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार १७:४२:oo

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनै पनि सर्तमा यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले गठबन्धन तोडेमा एमालेले एमसिसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए। एमालेलाई गठबन्धन तोड्न कुनै रुचि नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए। 

‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन। एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुचि छैन। सरकारमा जान कुनै रुचि छैन। नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जानुपर्छ भन्ने छैन। हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस्। यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ। यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा नेकपा एमाले छैन। कुनै सर्तमा पनि हामी एमसिसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौँ,’ उनले भने।

ad
ad
ad
ad