Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ५ सोमबार १७:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली अहिले पनि प्रतिगमनकै बाटोमा : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ५ सोमबार १७:१२:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्। समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद् अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताए। उनले अदालतले ह्विप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावनाविपरीत नभएको भन्दै अहिले संसद् अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे। उनले निर्वाचन आयोग र संसद्ले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताए। 

प्रचण्डले संसद् अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए। उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसिसी पास गराउन सहयोग गर्ने भनेर खुले आमतर्क दिइरहेको दाबीसमेत गरे। अध्यक्ष प्रचण्डले ओलीले संसद् अवरुद्ध गरेर विधेयकहरू पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे। उनले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने भन्दै ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउनेसमेत बताए।