१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बोरिक निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o३:oo

दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा ३५ वर्षीय वामपन्थी युवा ग्याब्रिएल बोरिक निर्वाचित भएका छन्। राष्ट्रपतिको निर्वाचनमा ५६ प्रतिशत मतसहित उनी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी होजे एन्टोनियो कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
 
बोरिक यसअघि चिलीको सांसद पनि भएका थिए। त्यसअघि उनले राष्ट्रिय विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए। पछिल्लो समय सत्ता र शक्तिको दुरुपयोगबाट भ्रष्टाचार बढेको चिलीमा उनले सामाजिक असमानता घटाउने तथा धनीहरूलाई ट्याक्स बढाएर सामाजिक सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउनेजस्ता मुद्दाहरू चर्को रूपमा उठाएका थिए। यसका अलावा, पेन्सनको व्यवस्थापन प्रभावकारी गराउने र हरित अर्थतन्त्रमा जोड दिनेलगायतका मुद्दाहरू बोरिकले उठाएका थिए।
 
उनी चिलीको इतिहासमा सबैभन्दा कान्छा राष्ट्रपति हुन्। चिलीको राजधानी सेन्टियागोस्थित युनिभर्सिटी अफ चिलीमा बोरिक विद्यार्थी संघका नेता थिए। सन् २०११ मा सस्तो र गुणस्तरीय शिक्षाको मागसहित भएको प्रदर्शनको नेतृत्व गरेर उनले चिलीको राजनीतिक वृत्तमा ख्याति कमाएका थिए।
 
सन् २०१४ मा २८ वर्षको उमेरमै उनी मगल्यानेज क्षेत्रबाट चिलीको लोअर हाउसका सांसद बनेका थिए। राष्ट्रपतिमा उम्मेदवारी दिएपछि बोरिकले नवउदारवादी आर्थिक मोडलको अन्त्य गर्ने वाचा गरेका थिए। जनरल अगस्टो पिनोचेतको १९७३ देखि १९९० सम्मको अधिनायकवादी शासनले नवउदारवादलाई प्रश्रय दिएको भन्दै उनले ‘अति धनी’ मानिसहरूलाई करको दायरामा ल्याएर सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने वाचा गरेका थिए।

ad
ad