१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ३ शनिबार
  • Tuesday, 25 June, 2024
यम बम काठमाडाैं
२o७८ पौष ३ शनिबार o६:२६:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौंमा चिसो बढ्दै, ११ दिनमा ५ डिग्रीसम्म घट्यो तापक्रम

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष ३ शनिबार o६:२६:oo

काठमाडौं उपत्यकामा हरेक दिन चिसो बढिरहेको छ । न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार पछिल्लो ११ दिनमा मात्र अधिकतम तापक्रम ३.७ र न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियसले घटेको छ । २१ मंसिरमा अधितम र न्यूनतम तापक्रम क्रमशः २२.७ र ८.५ डिग्री थियो । तर, शुक्रबार अधिकतम तापक्रम १९ र न्यूनतम तापक्रम ३.४ डिग्री मापन भएको छ ।  अघिल्लो दिनको तुलनामा बिहीबार तापक्रम केही बढेको भएपनि त्यसअघि निरन्तर घट्दै आएको थिाये । बिहीबार  अधिकतम तापक्रम १८.२ र न्यूनतम तापक्रम ३ डिग्री थियो । 

‘सामान्यतया न्यूनतम तापक्रम घट्दा राति र बिहान बढी चिसो हुन्छ । अधिकतम तापक्रम घट्नु भनेको दिउँसो पनि चिसो बढ्नु हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, ‘तापक्रम अझ घट्ने देखिन्छ । 

चिसो छल्न आगो ताप्दै काठमाडौंका सर्वसाधारण

मौसमविद् श्रेष्ठका अनुसार पछिल्ला दिन उपत्यकामा बादल नलाग्दा र हावा चल्दा पनि चिसो बढेको छ । ‘बादल लागेमा न्यूनतम तापक्रम झर्दैन । तर, राति पनि हावा चलेकाले तापक्रम घटिरहेको हो,’ उनले भने । 

मौसमविद् समीर श्रेष्ठ भन्छन्– अधिकतम तापक्रम घट्दा दिउँसो तथा न्यूनतम घट्दा राति र बिहान चिसो बढ्छ

सामान्यतया न्यूनतम तापक्रम घट्दा राति र बिहान बढी चिसो हुन्छ । अधिकतम तापक्रम घट्नु भनेको दिउँसो पनि चिसो बढ्नु हो । पछिल्ला दिन उपत्यकामा बादल नलाग्दा र हावा चल्दा पनि चिसो बढेको छ । बादल लागेमा न्यूनतम तापक्रम झर्दैन । तर, राति पनि हावा चल्ने भएकाले तापक्रम घटिरहेको हो । तापक्रम अझ घट्ने देखिन्छ ।

देशभर नै बढ्यो चिसो, जुम्लाको न्यूनतम तापक्रम माइनस ५.८ डिग्री
काठमाडौं उपत्यकामा मात्र होइन तराईका जिल्लामा पनि तापक्रम घटिरहेको छ । तराईमा खासगरी शीतलहर चल्न थालेपछि तापक्रम घट्न थालेको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण चिसो बढेको मौसमविद्ले बताएका छन् ।

शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्रीमा झरेको छ, अधिकतम तापक्रम पनि अघिल्लो दिनको तुलनामा २.८ डिग्रीले घटेको छ । बिहीबार जुम्लाको न्यूनतम र अधिकतम तापक्रम क्रमशः माइनस ५.७ र १५.२ डिग्री मापन भएको थियो । पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार पश्चिम नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा त्यहाँ तापक्रम घटेको मौसमविद् श्रेष्ठले बताए । जिरीको तापक्रम पनि माइनस २.१ डिग्रीमा झरेको छ । त्यहाँ अधिकतम तापक्रम १७.५ डिग्री मात्र छ । 

डडेल्धुराको तापक्रम पनि लगातार घटिरहेको छ । त्यहाँ अधिकतम १३.६ र न्यूनतम तापक्रम ३ डिग्री मापन भएको छ । धनगढीको न्यूनतम तापक्रम ८ डिग्रीमा झर्दा नेपालगन्ज, भैरहवा, धनकुटा, विराटनगर र जनकपुरको न्यूनतम तापक्रम क्रमशः ८.३, ९.७, ८, ९ र ९.६ डिग्रीमा झरेको छ ।

तराईमा हुस्सुका कारण जनजीवपन प्रभावित बनेको छ भने बिहानका हवाइ उडान पनि प्रभावित हुने गरेका छन् । शुक्रबार बिहान नेपालगन्ज, भैरहवा, जनकपुर र विराटनगरमा हुस्सु  लागेको  थियो । जसकारण भैरहवा विमानस्थल क्षेत्रमा ५ सय र विराटनरमा २ हजार मिटर भिजिबिलिटी रेकर्ड भएको थियो ।  बिहीबार भैरहवाको भिजिबिलिटी १ हजार मिटर थियो ।

मौसमविद् श्रेष्ठका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको असर रहेको छ । जसले सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा  हल्का हिमपात हुने महाशाखाले आँकलन गरेको छ । 

चिसोबाट जोगिन छातीरोग विशेषज्ञ डा. नीरज बमको टिप्स

तापक्रम घट्नुका साथै हुस्सु र शीतलहरले चिसो बढेको छ । चिसोबाट बच्न न्यानो लुगा लगाउने, झोलिलो पदार्थ खाने गर्नुपर्छ । मर्निङवाकमा जानेहरूले पनि शरीर ढाक्ने गरी लुगा लगाउनुपर्छ । बिहान चिसो पानीले नुहाएर पूजा गर्ने प्रचलन पनि छ । घाम लागिसकेपछि मनतातो पानीले नुहाउनुपर्छ, होइन भने चिसो पानीले छातीमा असर गर्छ । बाह्य वातावरणको आर्द्रता कम हुने र वातावरण सुक्खा हुने भएकाले धुलोधुवाँ पनि उत्तिकै उड्छ । जसले गर्दा निमोनिया, श्वासप्रश्वासका बिरामी बढ्ने गर्छन् । मास्क अनिवार्य प्रयोग गर्नुपर्छ । चिसो बढ्यो भनेर मदिरा सेवन गर्ने प्रचलन पनि छ, जुन गलत हो । मदिराले रोगविरुद्ध लड्ने क्षमता झन् कमजोर बनाउँछ । न्यानोका लागि हिटर, कोइलालगायत बालेर कोठा तातो बनाउन सकिन्छ, तर भेन्टिलेसन छैन भने जोखिम हुन सक्छ ।

 

ad
ad
ad
ad