१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २ शुक्रबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २ शुक्रबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर महानगरभित्रका ७० पाटीपौवाको पुनर्निर्माण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २ शुक्रबार १७:२१:oo

ललितपुर महानगरपालिकाभित्र रहेका ७० पाटीपौवाको पुनर्निर्माण कार्य सकिएको छ। ०७२ सालको भूकम्प र त्यसअघि जीर्ण बनेका सबै पाटीपौवाको पुनर्निर्माण कार्य सकिएको हो। शुक्रबार महानगरपालिकाको १०३औँ स्थापना दिवसको अवसरमा पुल्चोकमा आयोजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले सो जानकारी दिएका हुन्।

पाटन दरबार क्षेत्र, पुल्चोक, मंगलबजार, जावलाखेललगायत क्षेत्रका पाटीपौवा बनिसकेको उनले जानकारी दिए। महानगर परिसरमा रहेको पुरानो पार्टी पनि पुनर्निर्माण भएको छ। ‘ललितपुरका सयौँ वर्ष पुराना ऐतिहासिक पाटीपौवा बनिसकेका छन्। ती सम्पदा पुरानै शैलीमा बनेका हुन्,’ उनले भने, ‘भूकम्पले ध्वस्त बनाएका मठमन्दिरहरूको पनि पुनर्निर्माण भइरहेको छ।’

महर्जनका अनुसार हाल पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माण कार्य अन्तिम चरणमा छ। त्यस्तै, ९० सालको भूकम्पमा लडेको भाइदेग मन्दिरको पनि पुनर्निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए।