निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
सोनी राई सोलुखुम्बु
२०७८ पौष २ शुक्रबार १३:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ पौष २ शुक्रबार १३:३८:००

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लिखुपिके गाउँपालिका– ५ टमालमा टिपर दुर्घटना हुँदा मकवानपुरको हेटौँडा नगरपालिका– ११ घर भएका चालक जितबहादुर थिङको घटनास्थलमै मृत्यु भएको हो। 

एमडी डगड हाइड्रोपावरको हेड अफिस किन्जाबाट मार्वाे पावरहाउसतर्फ जाँदै गरेको ना.७ख ४५६४ नम्बरको टिपर गएराति करिब ११ बजे दुर्घटना भएको हो। टिपर सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनाबारे जानकारी पाउनसाथ प्रहरी टोली परिचालन भए पनि शुक्रबार बिहान मात्रै चालकको शव फेला परेको छ।