मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २८ मंगलबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २८ मंगलबार १४:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा रेल्वेसहित छ अध्यादेश पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २८ मंगलबार १४:४o:oo

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न ६ अध्यादेश पेस भएका छन्। आज पनि एमाले सांसदहरूले बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ अनुसार बैठक सञ्चालनमा सहयोग गर्न बारम्बार आग्रह गरेका थिए। नाराबाजी नरोकेपछि सभामुखले बैठक अघि बढाए।

आजको बैठकमा गृहमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसम्पादन सुपरीवेक्षण अध्यादेश (पहिलो संशोधन) २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक  सुरक्षा अध्यादेश (पहिलो संशोधन) २०७८ पेस गरे।

यसैगरी, भौतिक पूर्वाधार तथा संसदीय ममलामन्त्रीको तर्फबाट रेल्वे अध्यादेश २०७८ तथा यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फाैजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पेस भएको छ। प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते मंगलबार १ बजे बस्नेछ।