१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २६ आइतबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्र पौडेल र शशांक कोइरालाको आशीर्वाद हामीलाई छ : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार १८:५५:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शेखर कोइरालाको आशीर्वाद आफ्नो समूहलाई भएको बताएका छन्। आइतबार साँझ पत्रकार सम्मेलन गर्दै कोइरालाले वरिष्ठ नेता पौडेलको नाममा सहमति हुन नसकेपछि आफूले उम्मेदवारी दिएको बताए। ‘मैले उहाँलाई छोडेकै हो। तर सहमति हुन सकेन,’ उनले भने, ‘सहमति नभएपछि म सभापतिमा उठेँ भनेर भने। उहाँहरूको आशीर्वाद हाम्रो टिमलाई छ।’

उनले महाधिवेशनपछि सरकार र गठबन्धनलाई अझ सुदृढ बनाएर निर्वाचनमा जाने बताए। ‘सरकारलाई अझ सुदृढ बनाएर, सत्तागठबन्धनलाई सुदृढ बनाएर निर्वाचनमा जाने हो। अर्ली निर्वाचन भन्ने कुरा आउँदैन,’ उनले भने। उनले यो अधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन हुने बताए।

ad
ad
ad
ad