१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकको ‘नबिल डिजी बैंक पोर्टल’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३८:oo

नबिल बैंकले ग्राहकलाई एकद्वार प्रणालीमार्फत अनलाइन सेवाहरू उपलब्ध गराउन ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैंकका सिइओ अनिलकेशरी शाहले बिहीबार नबिल डिजी बैंक पोर्टल सुरुवात गरेका हुन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्नका लागि यस पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन तथा सेवालाई स्वचालित बनाएको छ ।

कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकका रूपमा विकास भएको सिइओ शाहले बताए । बैंकको ३७ वर्षे यात्राका विभिन्न उपलब्धिहरूमध्ये नबिल डिजी बैंक पनि एक रहेको उनको भनाइ छ । नबिल डिजी बैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट–क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल–एसएमई लोन आवेदनलगायतका अनलाइन सेवाहरू लिन सकिने बैंकले जनाएको छ । 

बैंकले भिडियो प्रमाणीकरणबाट समेत खाता खोल्ने सकिने भिकेवाइसी र भर्चुअल आइकार्ड गरी थप दुई नयाँ अनलाइन सेवासमेत सुरुवात गरेको सिइओ शाहले बताए । नबिल भर्चुअल आइकार्ड नबिल स्मार्ट बैंक एपभित्र इम्बोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट सेवाग्राहीले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आइकार्डका लागि आवदेन दिन सक्नेछन् । 

ad
ad