१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २३ बिहीबार
  • Sunday, 22 September, 2024
कर्ण चन्द कैलाली
२o७८ मङ्सिर २३ बिहीबार o९:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्मचारी नपठाएर संघीय सरकारले प्रदेशलाई असहयोग गर्‍यो : मुख्यमन्त्री भट्ट

Read Time : < 1 मिनेट
कर्ण चन्द, कैलाली
नयाँ पत्रिका
२o७८ मङ्सिर २३ बिहीबार o९:३३:oo

सुदूरपश्चिम प्रदेशमा कर्मचारी नपठाएर संघीय सरकारले असहयोग गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले आरोप लगाएका छन् । आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन् । बाढीपहिरोले आक्रान्त बनेको सुदूरपश्चिम प्रदेशमा कर्मचारी अभावका कारण विनियोजन गरिएको बजेट कार्यान्वयन गर्न नसकिएको मुख्यमन्त्री भट्टले बताए । भट्टले भने ‘हामीले मृतकका परिवारलाई राहत तथा उद्धारका लागी मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट बजेट विनियोजन गर्‍यौँ, तर अहिलेसम्म खर्च गर्न सकिएको छैन ।’

प्रदेश सरकारका दुई महत्त्वपूर्ण मन्त्रालय सामाजिक विकास मन्त्रालय र आन्तरिक तथा कानुन मन्त्रलाय दुई महिनादेखि सचिवविहीन बनेका छन् । मुख्यमन्त्री कार्यालयमा पनि एक जना मुख्यसचिव मात्र छन् । प्रमुख कर्मचारीहरू मात्रै होइन, सहायक तथा अन्य कर्मचारी पनि अभाव भएका कारण प्रभाकारी रूपमा काम गर्न समस्या भएको मुख्यमन्त्री भट्टले जानकारी दिए ।

मुख्यमन्त्री भट्टले भने ‘कर्मचारी पूर्तिका लागि विभागीय मन्त्री र नेपाल सरकारका मुख्यसचिवसँग तीन–चारपटक कुरा गरेँ, तर कुनै  सुनुवाइ भएन, कर्मचारी खटाउने अधिकार संघीय सरकारसँग छ, संघीय सरकारले मुख्य कर्मचारी नपठाउँदा हामीलाई असहयोग भएको छ ।’

केन्द्रमा सत्तागठबन्धको सरकार रहेकै वेला मुख्यमन्त्री भट्टले संघीय सरकारले कर्मचारी नपठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘आमनागरिक तथा सञ्चारकर्मीले राजनीतिक नेतृत्वमाथि प्रश्न गर्नैगर्छ, तर कर्मचारी नेतृत्वलाई पनि प्रश्न गर्नुपर्ने आवश्यक छ, निर्णय गर्ने र कार्यान्वयन गर्नेका बीचमा तालमेल भएन भने परिणाम राम्रो आउन सक्दैन ।’ कर्मचारी अभावका कारण दैनिक रूपमा गर्नैपर्ने कामकाज पनि प्रभावित भएको उनको गुनासाे छ।