Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २१ मंगलबार ०७:११:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सप्तरंगको तेस्रो सस्करण हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २१ मंगलबार ०७:११:००

गृष्मा ब्रोडकास्टिङ प्रालिले ‘सप्तरंग’को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा गृष्मा ब्रोडकास्टिङका प्रमुख गृहेन्द्र घिमिरेले देशका सातै प्रदेशमा कार्यक्रम गर्न लागेको जानकारी दिए । आयोजकका अनुसार मंसिरको २४ गते पूर्वी नेपालको काँकडभिट्टाबाट सुरु हुने यो कार्यक्रम ९ पुसमा पश्चिम नेपालको पोखरामा पुगेर समापन हुनेछ ।

यो कार्यक्रम २४ मंसिरमा काँकडभिट्टा, २६ मंसिरमा जनकपुर, २८ मंसिरमा चितवन, १ पुसमा नेपालगन्ज, ३ पुसमा सुर्खेत, ५ पुसमा धनगढी र ९ पुसमा पोखरामा आयोजना हुनेछ । कार्यक्रममा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, अनिल सिंह, हाँस्य कलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र, गायिकाहरू मिलन नेवार र अस्मिता अधिकारी, मोडल उषा उप्रेती सहभागी हुनेछन् । यस्तै नेपाल प्रहरीका ६ जना कलाकारको प्रस्तुति पनि कार्यक्रममा रहनेछ ।