१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ मङ्सिर २० सोमबार ०९:४७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशन : प्रदेश १ मा देउवा-सिटौला पक्षको प्यानलै विजयी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ मङ्सिर २० सोमबार ०९:४७:००

नेपाली का‌ंग्रेस प्रदेश १ समितिको सभापतिमा देउवा सिटौला समूहका उम्मेदवार उद्धव थापा विजयी भएका छन् । पौडेल कोइराला समूहका उम्मेदवार गुरुराज घिमिरलेलाई दुई मत अन्तरले पराजित गर्दै देउवा सिटौला समूहका उम्मेदवार उद्धव थापा विजयी भएका हुन् ।

आइतबार राती सम्पन्न भएको मतगणनाको परिणाम अनुसार देउवा सिटौला समूहका उम्मेदवार थापलो ८ सय ४४ मत प्राप्त गरे । प्रतिस्पर्धी पौडेल कोइराला समूहका उम्मेदवार गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरे । सभापतिमा विजयी उद्धव थापा झापा निवासी हुन । झापाको अर्जुनधारा नगरपालिका निवासी उनी झापामा दुई कार्यकाल सभापति भैसकेका थिए । उनी कृष्ण सिटौला समूहका हुन । उनलाई सँस्थापन देउवा समूहले साथ दिएको थियो । 

पराजित उम्मेदवार गुरुराज घिमिरे मोरङका हुन । उनी पौडेल कोइराला समूहका हुन् । नेपाल बिद्यार्थी संघका पुर्व सभापति रहिसकेका घिमिरे नेपाली काँग्रेस पार्टीका पुर्व केन्द्रिय सदस्य पनि । पौडेल कोइराला समूहले अर्का आकांक्षी राजिव कोइरालालाई बसाएर गुरुराजलाई सभापतिको उम्मेदवार बनाएको थियो । उता देउवा सिटौला समूहले केन्द्रिय सदस्य रहेका मोरङका अमृत अर्याल लगायतले बसाएर झापाका उद्धव थापालाई साझा सभापतिको उम्मेदवार बनाएको थियो । 

प्रदेश १ कांग्रेस कार्य समितिको उपसभापतिमा टंकप्रसाद राई र रमेशजंङ रायमाझी विजयी भएका छन् । उनीहरु दुबै जना सँस्थापन पक्षका हुन । यस्तै उमेश थापा र भुपेन्द्र राई विजयी भएका छन। महिला सहमहामन्त्रीमा प्रमिला कुमारी गच्छदार विजयी भएकी छन् । पदाधिकारीमा निर्वाचित भएका  सुनसरीका उमेश थापा बाहेक अन्य सबै जना सँस्थापन देउवा र सिटौला पक्षका हुन् ।