मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १९ आइतबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १९ आइतबार २o:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्री खतिवडाको आग्रह–कोरोनाविरुद्धको बुस्टर डोज लगाऔँ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १९ आइतबार २o:o१:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दोस्रो डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरुद्धको दोस्रो डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन्।

उनले विश्वका विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै बुस्टर डोज आवश्यक परेको बताए । उनले भने, ‘ओमिक्रोन आएपछि बुस्टर डोजको चर्चा अलि बढी हुन थाल्यो । बुस्टर डोजपछि अझ सुरक्षित भइन्छ भन्ने छ । प्रतिरोधात्मक क्षमता कम भएकाहरूले तीनदेखि ६ महिनाभित्र लगाउँदा राम्रो भन्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ । सरकारी संयन्त्रलाई मिलाएर बुस्टर डोज दिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेस हुँदै छ।’

प्रतिरोधात्मक क्षमता कम भएकालाई प्राथमिकतामा राखेर बुस्टर डोज दिने मन्त्रालयको तयारी छ । आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लाने तयारी रहेको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक शान्तराम बिडारीले जानकारी दिए।  

मन्त्री खतिवडाले ओमिक्रोनबाट बच्न सरकारले हालसम्म १० देशमा आवतजावतमा प्रतिबन्ध लगाएको बताए। उनले अन्य देशबाट आउने नागरिकहरूलाई पनि क्वारेन्टिनमा राखिने र उनीहरूको पिसिआर परीक्षण गरेर मात्रै घर जान दिने बताए।