मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
गगन अयडी बाजुरा
२०७८ मङ्सिर १९ आइतबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अटो दुर्घटनामा दुईको मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७८ मङ्सिर १९ आइतबार १८:३४:००

बाजुरास्थित बडिमालिका नगरपालिकामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

पूर्वशिक्षक खगेन्द्र पाध्याय र प्रकाश नेपालीको घटनास्थलमै मृत्युु भएको उद्दारमा खटिएका भुपिन्द्र विकले बताए।

जिल्ला सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आइतबार साँझ दुर्घटना भएको हो । अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।