१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुणस्तरहीन कामको भुक्तानी सिफारिस रोक्न मन्त्री आलेको निर्देशन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:५२:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्थानीय जनताको माग सुनुवाइ नभई ठेकेदार कम्पनीलाई भुक्तानी सिफारिस नदिन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार निरीक्षणका क्रममा आलेले विमानस्थलमा पानीले कटान गरेको विषयमा देखिएको समस्यालाई सम्बोधन नगरिएको गुनासो आएपछि प्राधिकरणका निर्देशक प्रदीप अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । 

‘प्रदीपजी स्थानीयको माग सम्बोधन नभई भुक्तानी सिफारिस नदिनुहोला । जबसम्म पानीको निकासको समस्या समाधान भएर पानीको व्यवस्थापन राम्रो हुँदैन, ठेकेदार कम्पनीलाई हुने यससँग सम्बन्धित रकम भुक्तानीको सिफारिस रोक्नुहोस् । साइडमा काम कमजोर भएको भन्ने गुनासा छन् । पानीको निकासका लागि बनाइएको संरचना किन भत्कियो ? पक्कै गुणस्तरको बनाएको भए त्यो भत्किने थिएन होला नि,’ आक्रोशित हुँदै उनले भने । 

पानीको समस्याको समाधान सम्बन्धित ठेकेदार कम्पनीमार्फत गराउन र सिँचाइको नहरका कारण देखिएको समस्या तत्काल सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरी हल गर्न उनले निर्देशन दिए। ‘यहाँ विमानस्थलको निर्माण कार्य सम्पन्न भएर बाहिरबाट पानी आएर समस्या भयो भने त्यसको के अर्थ ? प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यूले पनि समस्या समाधान गर्न भनिसकेको अवस्थामा बजेटले रोक्छ ? उनले प्रश्न गरे । 

यसअघि विमानस्थल आयोजना निर्माणको सम्बन्धमा देखिएको समस्या समाधानका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेशका आर्थमन्त्री रामजी बरालले समेत विमानस्थलको निरीक्षणका क्रममा निर्माण आयोजनाले समस्याका बारेमा जानकारी गराएको थियो । यसलाई सम्बोधन गर्ने आश्वासन निर्माण आयोजनाले पाएको छ । 

मन्त्री आलेले सिँचाइका कारण देखिएको पानीको व्यवस्थापनको समस्या विमानस्थलसँग सम्बन्धित नै भएकाले सो विषय सिँचाइ डिभिजन कार्यालयको हो भनेर नबस्न र तत्काल सिँचाइ डिभिजनलाई लागत स्टिमेट गरेर पठाउन भन्न निर्देशन दिए । रिठ्ठेपानीको डाँडा कटानमा भइरहेको ढिलाइप्रति उनले असन्तुष्टि जनाए। आफू वन तथा वातावरणमन्त्री भएको वेला उक्त डाँडा कटानको लागि अनुमति दिएको भन्दै कर्मचारीले अनावश्यक प्रक्रिया लम्ब्याएको उनले आरोप लगाए। ‘रिट्ठेपानी डाँडाका रुख कटानका लागि मैले स्वीकृति दिएको हो । यसमा कर्मचारी बाधक देखिए । हुन त हामी राजनीतिज्ञ पनि त्यस्तै छौँ। आधा कर्मचारी दोषी छन् आधा हामी पनि दोषी छौँ,भन्छु म,’ उनले भने । 

८८ प्रतिशत काम सकियो, बाहय समस्या समाधान भएनन्
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८८ प्रतिशत पूरा भएको निर्माण आयोजनाले जानकारी दिएको छ । आयोजना प्रमुख बिनेस मुनकर्मीले विमानस्थल निर्माण कार्यमा भइरहेको प्रगतिको बारेमा मन्त्री आलेलाई जानकारी दिएका हुन्। उनले विमानस्थल निर्माणका कामसँगै रिठ्ठेपानीको डाँडा कटानको काम, सिँचाइ कार्यालयका तर्फबाट गरिनुपर्ने काम, आयल निगमले आयल डिपो निर्माण गर्नुपर्ने काम र पोखरा महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने ल्यान्डफिलसाइड सार्न ढिलाइ भएको बताए । 

रिठ्ठेपानी डाँडा कटानसम्बन्धी काम ठोस रूपमा अगाडि बढ्न नसकेको उनले जानकारी दिए । उक्त डाँडा कटानका लागि नापी कार्यालय निजी तथा सरकारी वन क्षेत्रको सीमांकन भएकाे वन डिभिजन कार्यालयबाट रुखको लगत तयार भएको अनि टाँचा लगाउने कार्य सम्पन्न गरेर अहिले पूरक इआइए गर्ने काम भइरहेको छ । उनले रुख कटानको काम तीव्र गतिमा गर्न मन्त्रिपरिषदबाट आवश्यक निर्माण गर्न नागरिक उड्डयन प्राधिकरणलाई क्यानले आग्रह गरिसकेको उनले जानकारी दिए।    
त्यसैगरी, नेपाल आयल निगमले पनि समयमा आयल डिपो निर्माणको काम नथालेको उनले बताए । आयोजनाको तर्फबाट निगमसँग निरन्तर बैठक बसेको र पत्राचार तथा फोनको काम निरन्तर भइरहेको उनले जानकारी दिए । त्यसैगरी, पानीको निकास र पोखरा महानगरले ल्यान्डफिलसाइड समयमा सार्नुपर्नेमा त्यो कामसमेत हुन नसकेको उनले बताए । 

ad
ad