१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:४२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

एक सातामा नेप्से १४५.५९ अंकले गिरावट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:४२:oo

यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ। गएको हप्ताको अन्तिम दिन बिहीबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो। गत बिहीबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो।

यो सातामा सेयर बजार नेप्सेमा दैनिक ३ अर्ब हाराहारीमा मात्रै कारोबार भएको छ। यसरी सेयर कारोबार भएको ५ दिनमा १९ अर्ब ८८ करोड ७८ लाख ९ हजारबराबरको कारोबार भएको छ।

पछिल्लो साता नेप्से परिसूचकमा मौद्रिक नीतिको प्रभावले बुधबारबाहेक अन्य सबै बार निरन्तर गिरावट आएको छ। सेयर लगानीकर्ता मौद्रिक नीतिको समीक्षामा ४/१२ करोड सेयर धितोकर्जाको सीमा परिर्वतन हुने आशामा रहेका थिए। तर, मौद्रिक नीतिको समीक्षाले ४/१२ करोडको सीमा परिर्वतन गरेन। यसको प्रभाव आइतबारदेखि सेयर बजारमा पर्‍यो ।

मौद्रिक नीतिको प्रभावले आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा झरेको थियो । उक्त दिन ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको सेयर कारोबार भएको थियो ।

त्यस्तै, सोमबारको सूचक २१.५१ अंकले घटेर परिसूचक २६२९.९८ झरेर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँबराबरको कारोबार भएको थियो। मंगलबार १.६४ अंकले घटेर २६२८.३७ अंकमा बन्द भएको थियो भने यस दिन ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँबराबरको कारोबार भएको थियो।

बुधबार भने नेप्सेमा सामान्य सुधार भएको थियो। सूचक ५.२८ अंकले बढेर परिसूचक २६३३.६५ अंकमा पुगेको थियो । यस दिन अन्य दिनको तुलनामा कारोबार रकम घटेर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको मात्रै कारोबार भएको थियो । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबारको सूचक ४९.०४ अंकले घटेर परिसूचक २५८४.६१ बिन्दुमा रोकिएको छ । बिहीबार ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको सेयर किनबेच भएको छ।