१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
प्रकाश पौडेल
२o८२ असार २० शुक्रबार १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यवर्ती क्षेत्र  व्यवस्थापन समितिको अध्यक्षमा आचार्य निर्वाचित 

Read Time : < 1 मिनेट
प्रकाश पौडेल
२o८२ असार २० शुक्रबार १५:१७:oo

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको  अध्यक्षमा हेमन्तप्रसाद आचार्य निर्वाचन भएका छन्  । शुक्रबार  बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयमा  अध्यक्ष पदका  लागि निर्वाचन भएको  निर्वाचनमा ११ मत प्राप्त  आचार्य निर्वाचित भएको निर्वाचन संयोजक सरोजमणि पौडेलले बताए ।

प्रत्येक पाँच वर्षका लागि हुने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको थियो । अध्यक्ष पदका लागि हेमन्तप्रसाद आचार्य, चन्द्रकला बुढा र  मीनबहादुर सावदले उम्मेदवारी दिएका थिए । निर्वाचनमा १९ जनाले मतदान गरेका थिए । निर्वाचित अध्यक्ष आचार्यले ११ मत प्राप्त गरेका थिए । उनको  निकटतम प्रतिस्पर्धी चन्द्रकला बुढाले ६  मत प्राप्त गरेकी थिइन् भने अर्को प्रतिस्पर्धी मीनबहादुर सावद दुई मत प्राप्त गरेका थिए ।  

मध्यवर्ती क्षेत्रमा बर्दियाका १४ उपभोक्ता समिति, सुर्खेत चार उपभोक्ता समिति र  बाँकेमा एक उपभोक्ता समिति रहेका छन् । उनै उपभोक्ता समितिबाट आएका प्रतिनिधिहरूमध्येबाट एकजनालाई मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा चुन्ने गरिन्छ ।