मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १७ शुक्रबार १२:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश जबरा घर फिर्ता  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १७ शुक्रबार १२:११:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण उनी सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका थिए । उनी आज स्वास्थ्यलाभ गरी घर फर्किएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

कोरोनाको साथै निमोनिया पनि देखिएपछि उनी मंसिर १३ गतेदेखि  अस्पताल भर्ना भएका थिए । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्यलाभ गरी घर फर्किएको उल्लेख गरिएको छ ।