मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार ०८:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीको जोखिम बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार ०८:४६:००

शिवम् सिमेन्ट लिमिटेडले गण्डकी प्रदेशका पाँच सयभन्दा बढी निर्माणकर्मीको जोखिम बिमा गरिदिएको छ । कम्पनीले पोखरासहित १० स्थानमा सम्पन्न निर्माणकर्मीसँगको निर्माणसम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रममा परामर्श तथा उनीहरूको जोखिम वहन बिमा गरेको हो । 

कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीका लागि पाँच लाख रुपैयाँबराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममा हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङलगायतका जिल्लाका निर्माणकर्मीको उपस्थितिमा कार्यक्रम गरिएको जनाइएको छ । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सयभन्दा बढी निर्माणकर्मीसँग अन्तरक्रिया तथा उनीहरूको जोखिम बिमा सम्पन्न गरेको जनाएको छ । 

अन्तरक्रिया कार्यक्रममा निर्माणकर्मीलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी जानकारी गराइएको कम्पनीले जनाएको छ । दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीले गर्नुपर्ने जोखिमपूर्ण कार्यलाई ध्यान दिँदै उनीहरूका लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको शिवम् सिमेन्टले जनाएको छ ।