१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
भवानीश्वर गौतम काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कक्षा १२ को परीक्षा  फारम खुल्दासम्म कक्षा  ११ को ग्रेडसिट टुंगो लागेन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२५:oo

शिक्षा मन्त्रालयले बुझेन करिब चार लाख विद्यार्थीको पीडा

परीक्षा फारम भर्ना खुल्दासम्म कक्षा १२ का विद्यार्थीले कक्षा ११ को ग्रेडसिट पाएका छैनन् । पाठ्यक्रम विकास केन्द्रले अहिलेसम्म कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीको ग्रेडसिट ढाँचाको अन्तिम रूप दिन सकेको छैन । जब कि कक्षा ११ को ग्रेडसिट लिएर कक्षा १२ मा भर्ना हुनुपर्ने व्यवस्था छ ।

अघिल्लो शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएको छ । नयाँ पाठ्यक्रमअनुसार ११ कक्षा अध्ययन गरेका विद्यार्थीको विद्यालयले नै आन्तरिक परीक्षा लिएर कक्षा १२ मा अध्ययनरत छन् । नयाँ पाठ्यक्रमअनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आवेदन फारम खुलाइसकेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडसिटविना १२ को परीक्षा फारम बुझ्दैन । शिक्षामन्त्री अध्यक्ष हुने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले ढाँचा नै टुंगो लगाएको छैन । जसका कारण करिब चार लाख विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् ।

कक्षा १२ सम्मको शिक्षा विद्यालय तह बनाएपछि कक्षा ११ को नतिजा सार्वजनिक नगरी कक्षा १२ मा भर्ना गर्न मिल्दैन । तर, अहिले कक्षा ११ मा कुनै विषयमा डी प्लस पनि ल्याउन नसकेका विद्यार्थीसमेत कक्षा १२ मा अध्ययन गरिरहेका छन् । नतिजा तयार हुँदा पनि विद्यालयले ग्रेडसिट दिन सकेका छैनन् ।

हिसानका महासचिव तथा जेभियर इन्टरनेसनल कलेजका सिइओ लोकबहादुर भण्डारीले विद्यार्थीले आन्तरिक रूपमा नतिजा थाहा पाए पनि ग्रेडसिट दिन नसकेको बताए । कुन ढाँचामा ग्रेडसिट उपलब्ध गराउने भन्ने अन्योल भएको भण्डारीले बताए ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले ग्रेडसिटको ढाँचा छिटै तयार हुने बताए । ‘ग्रेडसिटको ढाँचा तयार भएको छ । राष्ट्रिय परीक्षा बोर्डसँग बसेर छलफल गरी अब छिटै सार्वजनिक गर्छौँ । ग्रेडसिट नहुँदाको समस्याबारेमा जानकारी आएको छ । लेटर ग्रेडिङ कार्यविधि संशोधनसहित ग्रेडसिट ढाँचा टुंगो लगाउने तयारी भइरहेको छ,’ उनले भने । 

मदन भण्डारी मेमोरियल कलेजका कक्षा ११, १२ का को–अर्डिनेटर कमल न्यौपानेले ग्रेडसिटको टुंगो नलगाउँदा विद्यार्थीको नतिजा सार्वजनिक गर्न नसकेको बताए । कोअर्डिनेटर न्यौपानेले भने, ‘विद्यार्थीलाई सैद्धान्तिकमा ७५ र आन्तरिक मूल्यांकन २५ अंक तोकेको छ, तर यो गाभेर एउटै ग्रेडमा रिजल्ट दिने वा ग्रेडसिटमा छुट्टाछुट्टै दिने भन्ने अन्योल छ ।’

क्रेडिट आवरमा समेत अन्योल
कक्षा ११ मा सैद्धान्तिक र आन्तरिक मूल्यांकन वा प्रयोगात्मकको क्रेडिट आवरसमेत टुंगो लागेको छैन । कतिपय विषयमा राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रबीचमा समन्वय नहुँदा अन्योल बढेको छ ।

स्रोतका अनुसार बोर्डले प्रयोगात्मकको क्रेडिट आवरका विषयमा निर्णय गरेर गत भदौमै शिक्षा मन्त्रालय पठाएको थियो । प्रयोगात्मक बढी भएका कम्तीमा पाँच विषयमा क्रेडिट आवर प्रस्ताव गरी पठाएको छ । फिजिक्स, केमेस्ट्री, बायोलोजी, होटेल म्यानेजमेन्ट र कम्प्युटर म्यानेजमेन्ट गरी पाँच विषयको सैद्धान्तिक र प्रयोगात्मकको क्रेडिट आवर टुंगाउन बोर्डले शिक्षा मन्त्रालयमा पेस गरेको थियो । सकेसम्म अन्य विषयमा पनि सैद्धान्तिक र प्रयोगात्मकको क्रेडिट आवर टुंग्याउन बोर्डमा प्रस्ताव गरेको छ । तर, सो प्रस्ताव पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट निर्णय भएको छैन ।

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भए/नभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । शुक्रबार बिहान ९ बजे बोर्ड बैठक बोलाइएको छ ।

कक्षा १२ को परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो । परीक्षा सकिएको ६७ दिनमा नतिजा सार्वजनिक गर्न लागेको छ । देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
 

ad
ad