मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Saturday, 12 July, 2025
२o७८ मङ्सिर १६ बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा ब्राउन सुगरसहित तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार १७:४७:oo

बर्दियामा ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने एक भारतीय रहेका छन् । 

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका– २ सीतापुर बस्ने २२ वर्षीय प्रदीप सुनार र सोही गाउँपालिका वडा नं ७ बस्ने २१ वर्षीय विशालसिंह ठकुरी रहेका छन् । उनीहरू बढैयाताल गाउँपालिका वडा नं ७ कर्णालीपुरस्थित फुटाहा कण्ठपुर सडकमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा चेक जाँच गर्दा ९ सय ६० मिलि ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मैनापोखरको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।  
त्यसैगरी, भारतको बहराइच जिल्ला मिहिपुरुवा सुजौली थाना फकिरपुर बस्ने २२ वर्षीय रोहितकुमार गुप्तालाई १८ ग्राम सात सय ६० मिलि ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरी र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानमा गुप्त लागुऔषध कारोबारी भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । पक्राउ परेका तीनैजनालाई लागुऔषधसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक शाहीले बताए।