मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर १६ बिहीबार १४:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीमा पौडेल पक्षले लगायो उम्मेदवारको टुंगो, देउवा पक्षले साँझसम्म तय गर्ने 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १६ बिहीबार १४:०६:००

नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच निर्वाचन हुने देखिएको छ । आजबाट भैरहवामा सुरु भएको प्रदेश अधिवेशनमा दुई पक्षबीच चुनाव हुने देखिएको हो । 

पौडेल पक्षले लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनलाई अघि सारेको छ । पुन रोल्पाका निवर्तमान जिल्ला सभापति हुन् ।  त्यसैगरी, उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही) रहेका छन् । महामन्त्रीमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) तथा सहमहामन्त्रीमा  खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र महिलातर्फबाट  निमा गिरी (प्युठान) रहेका छन् ।

त्यसैगरी, देउवा पक्षले लुम्बिनीमा भरतकुमार शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य पदाधिकारीहरूको भने साँझ मात्र टुंगो लगाउने तयारी भएको नगर सभापति कोशिष खड्काले जानकारी दिए । शाह रुपन्देही–५ का सांसद हुन् । उनी सार्वजनिक लेखा समितिका सभापति र पूर्वअर्थराज्यमन्त्रीसमेत हुन् । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन आजबाट सुरु भएको हो। महाधिवेशनको कार्यतालिकाअनुसार प्रदेश अधिवेशनको बिहीबार उद्घाटन, शुक्राबार उम्मेदवारी मनोनयन तथा शनिबार मतदान हुनेछ।