१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १५ बुधबार १४:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको कटाक्ष– पार्टी तीन टुक्रा पारेर एकता महाधिवेशन रे !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १४:५९:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटाएर तीन टुक्रा पार्नेहरूले महाधिवेशनबाट एकताको सन्देशको कुरा गरेको टिप्पणी गरेका छन्। काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा उनले एमालेप्रति कटाक्ष गर्दै यस्तो बताएका हुन्।

राप्रपाले महाधिवेशनको नामअनुसार पार्टी एकता गरेको भन्दै उनले धन्यवाद व्यक्त गरे। ‘म नेतृत्वलाई विशेष रूपले धन्यवाद दिन चाहन्छु। महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो, त्यस अर्थमा धन्यवाद दिन्छु,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, नेपालमा पार्टी फुटाएर तीन टुक्रा पार्ने र नामचाहिँ एकता महाधिवशेन राख्ने पनि हामीले भर्खरै देख्यौँ। कम्तीमा त्यस्तो झुटाे कुराचाहिँ तपाईंहरूले गर्नुभएन। पार्टी फुटाउने नामचाहिँ एकता राख्ने !’