१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Wednesday, 02 July, 2025
२o७८ मङ्सिर १४ मंगलबार १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीका सबै स्थानीय तहमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १२:४९:oo

नेकपा (माओवादी केन्द्र) गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ। धुर्कोट गाउँपालिकामा गोपाल कुँवरको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ भने  मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको छ।

यस्तै, रेसुंगा नगरपालिकामा गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ। गुल्मी दरबार गाउँपालिकामा पुनाराम ज्ञवाली अध्यक्ष रहेको ४९ सदस्य गाउँ कमिटी गठन गरिएको छ भने चन्द्रकोट गाउँपालिकामा टंकबहादुर क्षेत्रीको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ।

त्यस्तै छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्यीय कमिटी, सत्यवती गाउँपालिकामा यमु गैरेको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन गरिएको पार्टीका जिल्ला संयोजक वीरबहादुर कार्कीले जानकारी दिए। इस्मामा वसन्त सुनारको अध्यक्षतामा ३६ सदस्यीय कमिटी विस्तार गरिएको छ भने कालीगण्डकी गाउँपालिकामा लीलबहादुर केसीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कमिटी गठन भएको छ। यता, मालिका गाउँपालिकामा देवीराम अर्याल तथा मदाने गाउँपालिकामा बेगम चन्द बोहोराको नेतृत्वमा गाउँ कमिटी गठन गरिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए।

सो क्रममा धुर्कोट गाउँपालिकाको दोस्रो सम्मेलनलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता कुलबहादुर केसीले संविधान र गणतन्त्रको रक्षका लागि गठबन्धनको यात्रा अगाडि बढेको बताए। उनले सहिदको रगतबाट प्राप्त गणतन्त्र र संविधानको रक्षा र प्रतिगमनविरुद्ध गठबन्धनको आवश्यकता रहेको उल्लेख गरे।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उनले स्वागत गरेका थिए।