मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Friday, 28 August, 2026
२o७८ मङ्सिर १४ मंगलबार १२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : २,१५३ मध्ये २,०९६ मत खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १२:१२:oo

नेकपा एमालेको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दुई हजार ९६ प्रतिनिधिले मतदान गरेका छन्। निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार दुई हजार रएक सय ५३ प्रतिनिधिमध्ये दुई हजार ९६ जनाले मतदान गरेका हुन्।

बिहान करिब ४ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा ५७ प्रतिनिधि सहभागी भएनन्। आयोगका अध्यक्ष सुब्बाका अनुसार मतपरिणाम आउन करिब दुई घन्टा लाग्नेछ।

अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा भइरहँदा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सातजनाले उम्मेदवारी दिएका छन्। सचिवमा उम्मेदवारी दिएका नौजनामध्येबाट सातजना निर्वाचित हुनेछन् भने सात क्लस्टरका केन्द्रीय सदस्यहरू चयन हुनेछन्।