१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Friday, 05 July, 2024
गणेश लम्साल विराटनगर
२o७८ मङ्सिर १३ सोमबार १२:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बहुमत नआएपछि मोरङमा कांग्रेस सभापतिका लागि पुनः मतदान हुने

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार १२:३४:oo

नेपाली कांग्रेस  मोरङको सभापतिका लागि पुनः मतदान हुने भएको छ। आइतबार सम्पन्न निर्वाचनमा तीन प्रतिस्पर्धीमध्ये कसैको पनि बहुमत नआएपछि सभापति पदमा पुनः मतदान हुने भएको हो। कांग्रेस पार्टीको विधानअनुसार निर्वाचित हुनका लागि प्रतिस्पर्धी उम्मेदवारहरूले ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था छ। मोरङ कांग्रेसको सभापति पदका लागि संस्थापन पक्षबाट दिलीप गच्छदार र इतर समूह पौडेल–कोइराला पक्षबाट डिकबहादुर लिम्बू अनि सिटौला–आचार्य पक्षबाट यदुकुमार विष्टले चुनावी प्रतिस्पर्धा गरेका थिए।
 
आइतबार विराटनगरमा सम्पन्न निर्वाचनमा मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रबाट विजयी भएका कुल तीन हजार चार सय ५५ क्षेत्रीय प्रतिनिधिहरूमध्ये तीन हजार चार सय १२ जनाले मतदान गरेका थिए। तीमध्ये डिकबहादुर लिम्बूले  एक हजार पाँच सय ४४, दिलीप गच्छदारले एक हजार एक सय ५९ र यदुकुमार विष्टले पाँच सय ६३ मत प्राप्त गरेका छन्। निर्वाचन प्रक्रियाअनुसार तेस्रो स्थान ल्याएका विष्ट अब चुनावी प्रक्रियाबाट बाहिरिनेछन्। दोस्रोपटक डिकबहादुर  र दिलीपबीच मंगलबार चुनावी प्रतिस्पर्धा हुने छ।

आइतबार सम्पन्न निर्वाचनको सभापति पदको मात्र मतगणना भएको छ। बाँकी पदाधिकारी र सदस्यहरूको पदको मतगणना हुन बाँकी नै छ। बाँकी पदको मतगणना सकिएपछि मात्र अध्यक्ष पदको पुन निर्वाचन हुने निर्वाचन अधिकृत केदारबहादुर कार्कीले बताए । मोरङ कांग्रेसमा एक सभापति, दुईजना उपसभापति, दुईजना सचिव र ५४ जना सदस्यसहित जम्मा ५९ पदका लागि आइतबार निर्वाचन भएको थियो, जसमध्ये सातजना समावेशी कोटाबाट  निर्वाचित हुनेछन्।

विजयी क्षेत्रीय प्रतिनिधिहरूमा मोरङमा ६० प्रतिशतभन्दा बढी संस्थापनइतर पौडेल–कोइराला पक्षको रहेको मानिएको छ। तर, संस्थापनइतर पक्षका उम्मेदवारबीच नै मत विभाजन भएपछि बलियो उम्मेदवार मानिएका डिकबहादुले बहुमत पाउन नसकेका हुन्।
 
मोरङ सभापतिका लागि संस्थापन पक्षबाट सभापति दिलीप गच्छदार, उपसभापति गोपालबहादुर थापा, सुबाेधकुमार सिंह, सचिवमा अर्जुन निरौला, शिवप्रसाद ढकाल, सहसचिवमा अशोक रिजाल र सुभाष भण्डारी   सदस्यहरूमा देवचन्द्र घिमिरे, भीम कुँवर, रामविलाश साह, सुशीलकुमार कोइरालालगायतको प्यानलले निर्वाचनमा भाग लिएको थियो। यस्तै, संस्थापनइतर पक्षबाट सभापतिमा डिकबहादुर लिम्बू, उपसभापतिमा  नागेश कोइराला, भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे र ललितकुमार श्रेष्ठ, सहसचिव भुवनेश्वर मण्डललगायतको प्यानलले भाग लिएको थियो। नेता कृष्ण सिटौला पक्षबाट सभापति यदु विष्टको नेतृत्वमा अलग्गै प्यानल मैदानमा उत्रिएको थियो।

ad
ad
ad
ad