टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ९ आइतबार
  • Sunday, 23 January, 2022
२०७८ मङ्सिर १२ आइतबार १६:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापामा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २२ जना घाइते

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १२ आइतबार १६:५७:००

झापाको कन्काई नगरपालिका– ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ पुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा २२ जना घाइते भएका छन्।

आइतबार दिउँसो साढे १२ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख ८०४१ नम्बरको बस अनियन्त्रित भई बिरिङ खोला पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो। तीव्र गतिमा गुडिरहेको बस अनियन्त्रित हुँदा पुलको बारमा ठोक्किएको थियो।

दुर्घटनामा कन्काई नगरपालिका– ७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । झापा प्रहरीका अनुसार घाइतेहरूमध्ये ११ जनाको बिर्तामोडस्थित  बी एन्ड सी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पतालमा  उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।