मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १२ आइतबार
  • Saturday, 12 July, 2025
२o७८ मङ्सिर १२ आइतबार ११:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : सहमतिमा नाम जुटाउन सकस, छलफलमा ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १२ आइतबार ११:५२:oo

नेकपा एमाले दशौँ महाधिवेशनको पदाधिकारी चयनमा सहमति निकाल्न अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्। पदाधिकारीका आकांक्षी धेरै हुँदा पार्टीमा ओलीले सहमतिको प्रयास गरे पनि हुन सकिरहेको छैन। सहमतिका लागि भन्दै एमालेको विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको आकारसमेत बढाइएको छ। ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेस गरेको पदाधिकारी बढाउने प्रस्तावलाई शनिबारको बन्दसत्रले अनुमोदन गरेको छ। 

बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सम्पूर्ण अधिकारी अध्यक्ष ओलीलाई दिए पनि नाम प्रस्ताव गर्न उनलाई सकस भएको छ। अध्यक्षमा भीम रावलले दाबी गरिरहेका छन्। उनले महाधिवेशनस्थलमा आफ्नो प्रचारसमेत सुरु गरेका छन्। यस्तै, महासचिवमा विष्णु पौडेलको दाबी छ। वरिष्ठ उपाध्यक्षमा सुभासचन्द्र नेम्वाङको दाबी छ। 

ओलीले नेताहरूसँग छुट्टाछुट्टै र सामूहिक भेटसमेत गरेर मनाउने प्रयास गरेका छन्। आज बिहान मात्र ओलीले विष्णु पौडेलसँग छलफल गरेका थिए। छलफलमा ओलीले सहमतिको वातावरणका लागि पौडेललाई आग्रह गरेका थिए।

यता निर्वाचन समितिले अध्यक्षमण्डलको निर्देशन आउनासाथ निर्वाचनमा मनोनयनको प्रक्रिया सुरु हुने बताएको छ। ‘हामी सबै तयारीमा छौँ । अध्यक्षमण्डलले निर्देशन लिनासाथ प्रक्रिया सुरु हुन्छ’, निर्वाचन समितिका संयोजक विजय सुब्बाले भने ।