१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १२ आइतबार
  • Friday, 04 July, 2025
रमेश रावल सुर्खेत
२o७८ मङ्सिर १२ आइतबार o९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, २७ घाइते

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७८ मङ्सिर १२ आइतबार o९:oo:oo

जाजरकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति नेपालगन्जबाट जाजरकोटको राडीबजार जाँदै गरेको ना.६ख २७५७ नम्बरको बस बराहचौरनजिक दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर ३० जना घाइते भएकाे जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेको बस सडकबाट करिब २०० मिटर तल खसेको छ।

मृत्यु हुनेमा कुशे-९ जाजरकोटनिवासी १८ वर्षीया अनिला नेपाली, आठबीसकोट-५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाही, नलगाड-३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार, आठबीसकोट-४ निवासी चार वर्षीया बालिका दिव्या शाही र सप्तरी राजविराज नगरपालिका १ घर भई दिपेन्द्र आधारभुत विद्यालय सक्ला जाजरकोटमा कार्यरत ४० वर्षीय गंगाराम यादव रहेकाको डिएसपी थापाले बताए ।

घाइते हुनेहरूमा जाजरकोटको कुशे गाउँपालिका–९ का गीता नेपाली, गणेश नेपाली, बारेकोट गाउँपालिका–९ का संगीता बुढा, कालीबहादुर बोहरा, मनीषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्बप्रसाद पुन, जाजरकोटकै नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाईं, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार, नेपालगन्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, कोहलपुरका शेरबहादुर खत्री, सप्तरीका हिरनजित यादव छन्। घाइतेहरू रेम्बो पुन र आस्था वलीको ठेगाना खुलेको छैन।