प्रमुख प्रतिपक्षी दल एमालेको आगामी पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले पाएका छन् । चितवनको सौराहामा जारी बन्दसत्रले सर्वसहमतिको लागि ओलीलाई सम्पूर्ण जिम्मा दिएको नेता शेरबहादुर तामाङले जानकारी दिए।
एमालेले शनिबार मात्रै पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या बढाउने गरी विधान संशोधन गरेको छ। संशोधित विधानअनुसार एमालेमा अब पदाधिकारी १९ र केन्द्रीय सदस्य ३ सय १ हुनेछन्।