मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ११ शनिबार
  • Wednesday, 09 July, 2025
२o७८ मङ्सिर ११ शनिबार १८:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानको सर्वस्वीकार्यता सबैका निम्ति साझा विषय बनेको छ : अध्यक्ष ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ११ शनिबार १८:२२:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको सर्वस्वीकार्यता सबैका लागि आमविषय भएको बताएका छन्। चितवनमा जारी पार्टीको दशाैँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई शनिबार सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

‘संविधानको सर्वस्वीकार्यता भनेको मैले संविधान मानेँ, मानिनँ भन्नेसँग मात्र होइन, आज नेपालमा सबैका लागि संविधान सर्वस्वीकार्य बनेको छ। कुनै बुँदामा कुनै चिजमा केही प्रकारको आफ्नो असहमति तथा भिन्न राय हुनु र त्यसमा संशोधनको माग गर्नु बेग्लै कुरा हो। तर, आज संवैधानिक प्रक्रियाभित्र सम्पूर्ण देशभित्रका शक्तिहरू समावेश भएका छन्। क्रियाशील भएका छन्। संलग्न भएका छन्। काम गरेका छन्,' कार्यक्रममा बोल्दै उनले भने, 'त्यसकारण संविधानको सर्व स्वीकार्यता, संविधानको ग्राह्यता, अब आमकुरा भएको छ। सबै निम्ति साझा विषय बनेको छ।'