मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ११ शनिबार
  • Wednesday, 02 September, 2026
२o७८ मङ्सिर ११ शनिबार १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसी ब्यारेजमा हाम फाल्दा एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ११ शनिबार १७:५२:oo

सप्तरीको पूर्वी सीमाको रूपमा रहेको हनुमान नगर कंकालिनी नगरपालिका– १ कोसी नदीमा हाम फाल्दा शनिबार दिउँसो झापा दमक घर भएका एक व्यक्तिको मृत्यु भएको छ। 
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कोसी ब्यारेजको पश्चिमतर्फ पर्ने ५२ नम्बरको ढोकाबाट नदीमा हाम फालेका  झापाको दमक नगरपालिका– ६ घर भएका ४५ वर्षीय सुवास नेपालको मृत्यु भएको हो। 
सप्तरी प्रहरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार शनिबार बिहान करिब पौने १२ बजे नदीमा हाम फालेका नेपालको शव खोजतलासको क्रममा दिउँसो करिब साढे २ बजे भेटिएको हो। मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको डिएसपी काफ्लेले बताए।