१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ मङ्सिर १० शुक्रबार १८:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँके कांग्रेस निर्वाचन : क्षेत्र नं. १ को सभापतिमा पोषण केसी निर्वाचित, पदाधिकारीमा मिश्रित परिणाम

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार १८:०५:००

नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन्। भर्खरै सम्पन्न मतगणनामा संस्थापन इतरका पोषण केसीले संस्थापनका माधवराम खत्रीलाई ४७ मत अन्तरले पराजित गरेका हुन् । खत्रीले यसअघि दुई कार्यकाल क्षेत्र नं. १ को सभापतिको कार्यभार सम्हालिसकेका छन्। सभापतिमा निर्वाचित केसी नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। 

कुल खसेको ६ सय एक मतमध्ये केसीले तीन १६ र खत्रीले दुई ६९ मत पाएका छन् । अन्य पदमा मिश्रित परिणाम आएको छ । सचिवमा केसी प्यानलका खुमबहादुर बस्नेत र खत्री प्यानलका जयश्वर पौडेल विजयी भएका छन् । त्यसैगरी, सहसचिवमा खत्री प्यानलका दीपेन्द्र उप्रेती र केसी प्यानलका रामबहादुर रावत निर्वाचित भएका छन् ।

क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गर्न बिहीबार मतदान भएको थियो । मतदानमा चारजना सहभागी भएनन् ।