मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर ९ बिहीबार ०८:५३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आवश्यक परे अदालतको विवाद सल्ट्याउन सहयोग गर्छौँ : प्रचण्ड

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार ०८:५३:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको विवाद सकारात्मक ढंगले अदालतबाटै समाधान होस् भन्ने सत्तारुढ पाँचदलीय गठबन्धनले चाहेको बताएका छन् । धनगढी विमानस्थलमा बुधबार प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उनले यसको समाधानका लागि आवश्यक परे एक कदम अगाडि बढेर सहयोग गर्न गठबन्धन तयार रहेको बताए ।

न्यायलयजस्तो स्वतन्त्र र गरिमामय संस्थामा विवाद देखिनु राम्रो नभएको उनको भनाइ थियो । ‘यो विषयमा गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ । यसको समाधान सकारात्मक ढंगले छिटोभन्दा छिटो हुनुपर्छ भन्ने हामी ठान्दछौँ । यो विषय सकेसम्म अदालतले आफैँ सल्ट्याउँदा राम्रो हुन्छ भन्नेसम्म हामी बोलेका छौँ,’ प्रचण्डले भने, ‘एक–दुई दिनको परिस्थिति हेरेर फेरि गठबन्धनको बैठक बसेर जरुरी पर्‍यो भने एक स्टेप अगाडि बढेर यो विषय समाधानका लागि के सहयोग गर्न सकिन्छ, त्यतातिर सोचाइ बन्छ ।’ 

अदालतमा देखिएको विवादले केही दिनमा निकास पाउने विश्वास उनले व्यक्त गरे । यो विवादले ठूलो समस्या निम्त्याउला भन्ने आफूलाई नलागेको उनको भनाइ थियो । प्रचण्डले अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे राष्ट्रिय साझा धारणा बनाउन सरकारले पहल गर्ने बताए । ‘अमेरिकाले दिने ऋण सहयोग या अनुदान नलिने भन्ने नेपालको नीति छैन । अमेरिकासँग हाम्रो ७५ वर्ष लामो कूटनीतिक सम्बन्ध छ र अरू पनि सहयोग सम्झौता भएका छन्,’ उनले भने ।