मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हेमन्त केसी जाजरकोट
२०७८ मङ्सिर ९ बिहीबार ०८:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा अक्सिजन उत्पादन सुरु 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार ०८:२८:००

स्वास्थ्य सेवा कार्यालय जाजकोटमा जडान गरिएको अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । बुधबार पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले  प्लान्टको उद्घाटन गरसँगै औपचारिक रूपमा अक्सिजन उत्पादन कार्य सुरु भएको हो ।

एक दिनमा ४० भन्दा बढी अक्सिजन सिलिन्डरहरूमा अक्सिजन भर्न सकिने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीेले बताए । कम्तीमा १० वर्षसम्म यो प्लान्टद्वारा अक्सिजन उत्पादन हुने उनले जानकारी दिए । ८० लाखमा खरिद गरिएको उक्त प्लान्टले छिमेकी जिल्लालाई समेत राहत पुग्नेछ ।

विभिन्न समयमा समस्याले गाजिएको जाजरकोटमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भारी सुधारका संकेतसमेत देखिएका छन् । ५० शय्याको जिल्ला अस्पतालका नयाँ संरचना निर्माणसमेत जारी रहेको छ ।

झन्डै ३२ करोडमा नयाँ अत्याधुनिक भवन निर्माण कार्य जारी छ । भवन निर्माण कार्य ७० प्रतिशत पूरा भएको छ ।  कर्णाली प्रदेश सरकारको मातहतमा स्वास्थ्य सेवा कार्यालय भए पनि संघीय बजेटमा यो प्लान्ट खरिदको काम भएको हो ।