मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार १७:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबराविरुद्ध 'पापड'ले बिहीबार मार्चपास गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार १७:११:००

शान्ति र लोकतन्त्रका लागि पेसागत महासंघ (पापड)ले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ। नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी महासंघ र बृहत् नागरिक आन्दोलनले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म  मार्चपास गर्न लागेको हो।

'न्यायसेवा प्रवेशदेखि नै शंकाको घेरामा रहेका र तल्लो अदालतदेखि नै न्याय सम्पादनमा एकपछि अर्को विचलनको आक्षेप खेप्दै आएका व्यक्ति सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएर फेरि उस्तै शंकास्पद फैसला गर्दै आएको न्याय क्षेत्रमै सर्वत्र आलोचित हुँदाहुँदै पनि प्रधानन्यायाधीश पदमा बसिरहन सक्ने अवस्थाले न्यायपालिका पुनःसंरचनाको मागको पुनः पुष्टि गरेको छ,' पापडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।