मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार ०६:३०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिगको पहिलो चरण सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार ०६:३०:००

सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरण सकिएको छ । मच्छिन्द्र फुटबल क्लब र न्युरोर्ड टिम (एनआरटी)बीच सोमबार भएको दोस्रो खेलसँगै लिगको पहिलो चरण सकिएको हो । स्ट्राइकर सुनील बलले पहिलो र दोस्रो हाफमा गरेको एक एक गोलको मद्दतमा साविक लिग विजेता मच्छिन्द्रले एनआरटीलाई २–१ ले हरायो । यो मच्छिन्द्रको विजयी सुरुवात हो ।

आगामी शुक्रबारदेखि दोस्रो चरण खेल दशरथ रंगशालामा हुनेछ । पहिलो चरणमा थ्री स्टार, ब्रिगेड ब्वाइज, मनाङ मर्स्याङ्दी  र मच्छिन्द्रले स्पष्ट तीन अंक बटुलेका छन् । गोलअन्तरमा थ्री स्टार शीर्ष स्थानमा छ ।हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, फ्रेन्ड्स तथा सातदोबाटोले एक–एक अंक जोडेका छन् । एपिएफ, एनआरटी, जावलाखेल र च्यासल क्लबले पहिलो खेल गुमाएका छन् ।

दरशथ रंगशालामा खेलको १२औँ र ८०औँ मिनेटमा सुनीलले उत्कृष्ट गोल गर्दै मच्छिन्द्रको जित पक्का पार्दै तीन अंक दिलाउन सफल भए । एनआरटीका लागि खेलको ५४औँ मिनेटमा एरिक विष्टले बराबरी गोल फर्र्काएका थिए । मच्छिन्द्र र एनआरटीले प्राविधिक तथा आक्रामक खेल खेलेका थिए । 

आर्मी र पुलिसले अंक बाँडे
लिगअन्तर्गत सोमबार विभागीय डर्बीमा साविक उपविजेता त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेलेका छन् । दुवै क्लबले एक–एक अंक बाँडेका छन् । पुलिसले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । पुलिसका सन्तोष हेमरुनले अग्रता गोल गरेका थिए । आर्मीका विस्थापन्न खेलाडी विवेक बस्नेतले बराबरी गोल फर्काए । पहिलो हाफमा आर्मी र पुलिसले गोलरहित बराबरी खेले ।