Read Time : < 1 मिनेट
२o८१ बैशाख १९ बुधबार o७:५९:oo
नेकपा एकीकृत समाजवादीलाई समावेश गरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राउतले एकीकृत समाजवादी संसदीय दलका नेता सशुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्री नियुक्त गरेका छन् ।
महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबारै दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराए ।