१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ३ शुक्रबार २१:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रिय परीक्षा बोर्डलाई चुस्तदुरुस्त हुन शिक्षामन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार २१:१o:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई चुस्तदुरुस्त हुन निर्देशन दिएका छन्। अनुगमन गर्न बोर्डको सानोठिमीस्थित कार्यालयमा  पुगेका मन्त्री पौडेलले परीक्षाअगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न कर्मचारीलाई आग्रह गरे। 

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको बताउँदै मन्त्रीले प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिए। उनले कर्मचारीबीच समन्वय गरी जनताले देखिने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गरे।

यसैबीच मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पुर्‍याउन निर्देशन दिएका छन्। आज अनुगमनका लागि त्यहाँ पुगेका मन्त्री पौडेलले मौजुदा मेसिनबाटै काम गरी समयमै विद्यार्थीको हातमा किताब पुर्‍याउने गरी काम गर्न निर्देशन दिएका हुन्। उनले  पुराना मेसिनको तथ्यांक संकलन गरी मन्त्रालयमा ल्याउन निर्देशन दिए।