टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ९ आइतबार
  • Sunday, 23 January, 2022
२०७८ मङ्सिर ३ शुक्रबार ०९:००:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीन आफ्ना मामिलामा मात्र केन्द्रित हुनुपर्छ 

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर ३ शुक्रबार ०९:००:००

चीनलाई नियन्त्रण गर्ने अमेरिकी रणनीति परिवर्तन भएको छैन र सम्भवतः परिवर्तन हुने पनि छैन


एकअर्काका पत्रकारमाथिको भिसा प्रतिबन्ध हटाउनु चीन र अमेरिकाका राष्ट्रप्रमुखबीच भएको भर्चुअल बैठकको पहिलो ठोस नतिजा हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार दुवै देशका नेताबीचको अन्तरक्रियाले सम्बन्धमा सुधार ल्याई तिक्तता एवं द्वन्द्वलाई निरूपण गर्न शृंखलागत वार्तातर्फ डोर्‍याउनुपर्ने भनेका छन् । उनको भनाइले चीनसँगको तनाव कम गर्ने अमेरिकी इच्छाको थप पुष्टि गर्छ ।

सुलिभानले अमेरिकी थिंक ट्यांक ब्रुकिङ्स इन्स्टिच्युटमा अमेरिकाको चीन नीतिमा चारवटा मुख्य चासो रहेको बताए । एक, चीन र अमेरिकाले नजिकबाट समन्वय गर्नुपर्ने क्षेत्रहरू, किनभने यहाँ दुवैको स्वार्थ मिल्दोजुल्दो छ र यसलाई अगाडि बढाउन तत्काल काम भइरहेका छन् । दुई, दुई देशले ऐतिहासिक रूपमा सँगै काम गरेका मुलुकहरू, जहाँ उनीहरूले महत्‍वपूर्ण परिस्थिति सामना गरिरहेका छन् । तीन, ताइवान मुद्दा जस्ता भिन्नतालाई स्पष्ट संवादबाट कसरी प्रभावकारी रूपमा व्यवस्थापन गर्ने र चार, पहिलो चरणको व्यापार सम्झौतामा बाँकी समस्या समाधान गर्ने र चीनको ‘गैरबजार आर्थिक अभ्यास’ सँग सम्झौता गर्न उपलब्ध सबै संयन्त्रको प्रयोग गर्ने ।

सुलिभानको टिप्पणीको मुख्य निचोड विदेशसचिव एन्थोनी ब्लिन्केनको जस्तै थियो, उनका अनुसार चीनका लागि अमेरिकी दृष्टिकोण ‘आवश्यक पर्दा प्रतिस्पर्धी हुनुपर्छ, सम्भव हुँदा सहयोगी हुने र बाध्यता सिर्जना हुँदा विरोधी’ हुनेछ । चीन–अमेरिकाबीचको सम्भावित द्वन्द्वबाट बच्न उग्र प्रतिस्पर्धाका लागि ‘गार्डरेल’ –एक–अर्का पक्षलाई असर नगर्ने संयन्त्र) स्थापना गरिनुपर्नेमा अमेरिकाले बारम्बार जोड दिँदै आएको छ । चीनले भिन्नताहरू व्यवस्थापन गर्नेमा जोड दिँदैगर्दा यस तर्कलाई मानेको छैन, किनभने अमेरिकाले परिभाषित गरेको ‘उग्र प्रतिस्पर्धा’ले चीनलाई नियन्त्रणमा राख्ने र दबाउने कामलाई वैधानिकता दिन्छ । चीनका लागि ‘गार्डरेल’ पनि अमेरिका र सहयोगीको स्वार्थका सन्दर्भमा एकपक्षीय अवरोध हो । बरु भिन्नताहरूको व्यवस्थापन समान दृष्टिकोणबाट सुरु हुन्छ र जहाँ दुवै पक्षले दायित्वहरूलाई ग्रहण गर्न आवश्यक हुन्छ । 

अमेरिकाले दुई देशबीच अनियन्त्रित द्वन्द्वको बढ्दो जोखिम रहेको महसुस गर्नु ‘गार्डरेल’ को सकारात्मक मूल्यांकन देखिन्छ । यसो हुनुको कारण अत्यधिक प्रतिस्पर्धा वा गलत हिसाबले ल्याएको बढ्दो जोखिम देखिन्छ । तसर्थ, यो जोखिम कम गर्न अमेरिका स्पष्ट रूपमा इच्छुक देखिन्छ । नेतृत्व बैठकको आकस्मिकता र शिखर सम्मेलनको नतिजाका व्यावहारिक कार्यान्वयनमा दुवै मुलुक व्यवस्थापन नै गर्न नमिल्ने रणनीतिक टकरावमा फस्न चाहँदैनन् । 

चीनलाई नियन्त्रण गर्ने अमेरिकी रणनीति परिवर्तन भएको छैन र सम्भवतः परिवर्तन हुने पनि छैन । तर, अमेरिकाले नियन्त्रण गर्ने रणनीतिलाई सुस्त बनाएको छ र हालै आएका दबाबलाई मत्थर पार्ने प्रयास गरेको छ, अर्थात् जलवायु परिवर्तनजस्ता क्षेत्रमा चीन–अमेरिका सहयोगका लागि स्थान सिर्जना गरेको छ, जुन तत्काल आवश्यक पनि छ । यो कदमले चीनप्रतिको अमेरिकी नीतिमा सार्थक परिवर्तन हुन्छ कि हुँदैन, हेर्न भने बाँकी नै छ । अमेरिका एक साझेदार हुन आवश्यक छ । यद्यपि, अमेरिका वास्तविकता स्वीकार गर्न अनिच्छुक छ । अमेरिका अझै पनि प्रतिस्पर्धामा आधारित रणनीतिलाई जोड दिन चाहन्छ । 

चीनले केही वर्षयता आफूसँग अत्यधिक वहन क्षमता रहेको प्रमाणित गरेको छ । उदाहरण, व्यापार युद्धका अधिकांश सूचकले चीनको पक्षमा काम गरेका छन् र कोभिड–१९ महामारीले अमेरिकालाई सबैभन्दा बढी प्रहार गरेको छ । यसकारण चीनविरुद्ध नयाँ आक्रमणका योजना बुन्न गाह्रो भएको छ । प्रतिस्पर्धामा हाम्रो सामथ्र्य बढ्दै गएको हुनाले चीन र अमेरिकाबीचको सामथ्र्यको अन्तर कम भएको छ । यी सबले केही अमेरिकी राजनीतिक सम्भ्रान्त वर्गको चीनलाई छोटो समयमै तहसनहस पार्ने वा यसको विकासको गतिलाई ध्वस्त पार्नका लागि क्रूर शक्तिको प्रयोग गर्ने महत्‍वाकांक्षामाथि ठूलो हानि पुर्‍याएको छ । चीनको आफ्नै काममा मात्र मतलब राखेका कारण प्रारम्भिक सफलता हासिल गरेको छ र बेइजिङप्रति वासिङ्टनको अहंकारलाई पनि प्रहार गरेको छ ।

जब बाइडेनले पदभार ग्रहण गरे, उनको प्रशासनले बारम्बार चीनसँग ‘पूरै सामथ्र्यसाथ’ व्यवहार गर्नेबारे प्रचार गर्‍यो । ऐतिहासिक रूपमा हेर्ने हो भने अमेरिकी सामथ्र्य आज अपेक्षाकृत रूपमा सानो छ । चीन र अमेरिकाबीचको अन्तर्राष्ट्रिय व्यापारमा उत्पादन र साझेदारीको मात्रा लगभग समान छ । चीनको क्षमता र सामथ्र्य अमेरिकाको भन्दा बढी छ । के अमेरिकी राजनीतिक सम्भ्रान्तहरूले अझै पनि चीनलाई सफलतापूर्वक नियन्त्रण र आफूअनुकूल रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वास गर्छन् ? बाइडेन प्रशासनले हालै आफूले चीनको प्रणाली परिवर्तन गर्न नखोजेको जनाएको छ । यो चीनलाई चुप लगाउनका लागि ल्याइएको झुटको पर्दाभन्दा बढी होइन ।

चीनप्रति अमेरिकी नीति अस्थिर छ र वासिङ्टनको बोली र कार्य प्रायः असंगत छन् भन्ने हाम्रो निष्कर्ष छ । यता, चीनले भने आफ्नो मामिला राम्रोसँग वहन गरिरहनु पनि अमेरिकाका लागि त्यहाँ भएका परिवर्तनविरुद्ध षड्यन्त्र बन्न पुग्छ । आफ्नो काम राम्रोसँग गर्नु चीनको सबैभन्दा ठूलो क्षमता हो र अमेरिकाविरुद्धको प्रतिस्पर्धामा हाम्रो सबैभन्दा ठूलो फाइदा पनि हो । यद्यपि, चीन–अमेरिका सम्बन्धमा सहजताका संकेतहरू महत्‍वपूर्ण छन् । तर, चिनियाँ जनताले हामी केवल आफैँमा भर पर्न सक्छौँ भन्ने सम्झिरहनु भने आवश्यक छ । (चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको १७ नोभेम्बरको सम्पादकीय)