मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी काबुल
२०७८ मङ्सिर २ बिहीबार १९:४१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा ५० हजार टन गहुँ पुर्‍याउने प्रयास

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
२०७८ मङ्सिर २ बिहीबार १९:४१:००

अफगानिस्तानमा मानवीय सहायताअन्तर्गत भारतले ५० हजार टन गहुँ पठाउन लागेकोमा सहज बाटो उपलब्ध गराउन सरोकारवालाहरूले पाकिस्तान सरकारलाई अनुरोध गरेका छन् । भारतबाट पाकिस्तानको बाटो हुँदै अफगानिस्तानमा गहुँ पु¥याउनुपर्ने भएका कारण उसलाई सहजीकरणका लागि आग्रह गरिएको अल अरबिया पोस्टले जनाएको छ । 

विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको आधा जनसंख्यासँग खाद्यान्न संकट हुँदै गएको र हिमाली भेगमा बढेको चिसोका कारण खाद्यान्न पु¥याउन पनि अप्ठेरो हुन थालेको बताउँदै आएको छ । तालिवान नेतृत्वको अफगानिस्तान सरकारलाई सहयोग गर्दै आएको पाकिस्तानले बाटो उपलब्ध गराएमा सजिलै भारतबाट मानवीय सहायता पुग्ने त्यहाँका सरोकारवालाहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अल अरबिया पोस्टले लेखेको छ, ‘यदि पाकिस्तान अफगान जनतालाई सहयोग गर्न गम्भीर छ भने उसले भारतबाट आफ्नो क्षेत्रबाट मानवीय सहायता पठाउन अनुमति दिनुपर्छ ।’ पाकिस्तानले यसबारे केही बताएको छैन । भारतले स्थलमार्गबाट ५० हजार टन गहुँ पठाउने प्रस्ताव गरेको छ ।

अफगानिस्तान नियन्त्रण गरेको चार महिनामै तालिबान सरकारले अफगानिस्तानका जनतालाई खाद्यान्नसहित आधारभूत सुविधा उपलब्ध गराउन असमर्थ भएको भन्दै अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको छ । ‘अफगानिस्तानको लगभग आधा जनसंख्याले वर्तमान समय र अर्को वर्ष मार्चसम्म भोकमरीको सामना गर्नेछ, तर, यसका लागि पर्याप्त तयारी भएको छैन,’ अफगानिस्तानमा मानवीय मामिला समन्वयको लागि संयुक्त राष्ट्र कार्यालयले भनेको छ । कार्यालयले पछिल्लोपटक ‘ससर्त मानवतावाद’ वा राजनीतिक उद्देश्यका लागि मानवीय सहायताको चर्चा भइरहेकोप्रति चिन्ता जनाउँदै आएको छ ।