
जेरुसेलमको अल–इसाबियानजिक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ प्यालेस्टाइनी घाइते भएका छन् । कुड्सनेट समाचार एजेन्सीले जनाएअनुसार इजरायली सैनिकले गरेको अश्रुग्यास प्रहारबाट उनीहरूमध्ये अधिकांश घाइते भएका छन्। त्यसको विरोधमा प्यालेस्टाइनीले आमहडताल गर्ने घोषणा गरेका छन्।
इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध दशकौँदेखि बिग्रिएको छ। प्यालेस्टाइनीले इजरायलले आंशिक रूपमा ओगटेको पूर्वी जेरुसेलम र गाजापट्टीलगायत वेस्ट बैंकको भूभागमा आफ्नो स्वतन्त्र राज्यका लागि कूटनीतिक लडाइँ लडिरहेका छन्।
इजरायली सरकारले प्यालेस्टाइनलाई स्वतन्त्र राजनीतिक र कूटनीतिक संस्थाको रूपमा मान्यता दिन अस्वीकार गरेको छ। संयुक्त राष्ट्रसंघको आपत्तिका बाबजुद कब्जा गरिएका क्षेत्रमा बस्तीहरू निर्माण गरिरहेको छ।