नेपाल बार एसोसिएसनले बेन्च फर्किएका सर्वोच्च अदालतका पाँच न्यायाधीशहरूसँग छलफल गर्ने भएको छ। सर्वोच्च बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेका अनुसार अहिले १ बजे न्यायाधीशहरूको धारणा बुझ्न बारका पदाधिकारीले छलफल गर्न लागेका हुन्।
सर्वोच्चका न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोज शर्मा र कुमार चुडाल बेन्च फर्किएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको मागबाट पछि नहटे पनि न्यायका सेवाग्राही समस्यामा परेको भन्दै बेन्चमा फर्किएका न्यायाधीशहरूसँग बारले छलफल गर्न लागेको हो।