१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १४:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकार गलत बाटो हिँडे सशक्त रूपमा कलम चलाउनुहोस् : अर्थमन्त्री शर्मा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:१६:oo

अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार र आफूसहित अन्य मन्त्रीले गलत काम गरे त्यसविरुद्ध सशक्त कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन्। प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

‘सरकार गलत बाटो हिँड्छ भने, अर्थमन्त्रीको हिसाबले म गलत बाटो हिँड्छु भने सरकार र मेराविरुद्धसमेत सशक्त कलम चलाउनुहोस्’, उनले भने, ‘लोकतन्त्रको पक्षमा, परिवर्तनको पक्षमा र अग्रगमनको पक्षमा तपाईंहरूको कलम चलोस् । मेरो आग्रह छ।’

वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै उनले प्रधानमन्त्रीले नै यस विषयमा प्रस्ट पारिसकेको धारणा राखे। उनले सरकारले समानुपातिक रूपमा लोककल्याणकारी विज्ञापन वितरण गर्ने प्रतिबद्धता पनि जनाए । अहिलेसम्म पत्रपत्रिकाका लागि लोककल्याणकारी विज्ञापनको व्यवस्था गरे पनि अबका दिनमा अनलाइनलाई समेत यस्तो विज्ञापन दिने भन्दै उनले यसका लागि प्रेस काउन्सिललाई वर्गीकरण गर्न भनिसकेको जानकारी दिए । 

सत्तारुढ दलका दुईवटा गठबन्धन छन्

मन्त्री शर्माले सत्तारुढ दलहरुका दुईवटा गठबन्धन रहेको बताएका छन् । उनले सरकार र संयन्त्रलाई दुई अलग गठबन्धनको रूपमा अर्थ्याएका हुन् । 

सरकारले जनताको पक्षमा काम गर्ने र दलहरूबीच बनेको संयन्त्रले प्रतिगमनतर्फ जानबाट मुलुकलाई रोक्ने उल्लेख गर। तर, दलहरुको संयन्त्रले सरकारलाई कुनै हस्तक्षेप नगर्ने उनले प्रस्ट्याएका छन्।  ‘सत्तारुढ दलका अहिले दुईवटा गठबन्धन छन्। एउटा सरकार हो, जसले जनताको हितमा काम गर्छ। अर्को दलीय संयन्त्र हो, जसले प्रतिगामीविरुद्ध राजनीतिक रूपमा प्रतिवाद गर्छ। अगामी दिनमा समेत गठबन्धनलाई मिलाएर लैजान्छ’, उनले भने । 

माओवादी स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत गर्दै भने, ‘एउटा शक्ति मुखले लोकतन्त्र भन्दै प्रतिगामी यात्रातर्फ लागेको छ। प्रतिगामीहरू अहिले परास्त भए पनि स्वीकार गरिरहेका छैनन्। त्यसलाई परास्त गर्न त्यसविरुद्ध सत्तारुढ दलहरुको गठबन्धन कायम राख्न जरुरी छ।’

वर्तमान सरकारको अर्थमन्त्रीको हैसियतले आफूले ल्याएको बजेट अग्रगामी बजेट रहेको मन्त्री शर्माले दाबी गरे। सहिद, सीमान्तकृत नागरिक र विभिन्न कारणले जीवन जिउन कठिन रहेका नागरिकलाई यो सरकारले राहत दिने व्यवस्था गरेको उनले बताए। विगतको सरकारले कतिपय विषयलाई छुटाएकाले आफूले बजेटमा त्यसलाई प्राथमिकता दिएको पनि उनले दाबी गरे । 

ad
ad