मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २५ बिहीबार १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आक्रामक बन्दै बार : सर्वोच्चमा धर्ना, देशभर दुई घन्टा बहस बहिष्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १o:४२:oo

नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आजबाट आन्दोलनलाई थप आक्रामक बनाएको छ। बारले आज सर्वोच्च अदालत परिसरमा दिइरहेको धर्नालाई निरन्तरता दिएको छ। अहिले सर्वोच्चमा धर्ना जारी छ। त्यस्तै बारको आग्रहमा कानुन व्यवसायीले दुई घन्टा बहस नगर्ने भएका छन्।

बारले देशभरका कानुन व्यवसायी न्यायालय सुधारको आन्दोलनमा रहेकाले दैनिक दुई घन्टा कामकारबाही रोकेर सहयोग गरिदिन नेपाल बार एसाेसिएसनले उपत्यकाका तीन जिल्ला अदालतसहित दश निकायलाई बुधबार पत्राचारसमेत गरेको छ । 

बारले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्ला अदालत, पाटन उच्च अदालत, विशेष अदालत, श्रम अदालत, राजस्व न्यायाधिकरण, प्रशासकीय अदालत र ऋण असुली न्यायाधिकरणलाई बुधबार यस्तो आग्रहसहित पत्राचार गरेको हो । 

बारले कात्तिक २५ गतेदेखि ३० गतेसम्म दिनको १०:३० बजेदेखि ११:३० बजेसम्म सर्वोच्च अदालत प्रांगणमा कालोपट्टीसहित धर्ना र विरोध कार्यक्रम गर्ने भएकाले उक्त कार्यक्रममा सम्पूर्ण कानुन व्यवसायीहरू संलग्न रहने हुँदा त्यहाँ अदालतका इजलाहरूबाट मुद्दा मामिलाको सुनुवाइ बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म स्थगित गर्न अनुरोध गरेको छ। २२ कात्तिकमा बारले देशभरका इकाइहरूसँग छलफल गरी थप आन्दोलनका कार्यक्रम तय गरेको थियो ।