१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २३ मंगलबार १२:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सनराइज बैंकले सात प्रतिशत लाभांश दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार १२:o२:oo

सनराइज बैंकले बैंकका सेयरधनीलाई सात प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६.६५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

बैंकको हाल कायम चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ ३९ पैसा रहेको छ । बैंक सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । 

त्यस्तै, प्राइम बैंकले आफना सेयरधनीलाई १६.६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष  ०७७/७८ को मुनाफाबाट प्रतिसेयर उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको छ । 

बैंकका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतका दरले लाभांश सेयर उपलब्ध गराइनेछ भने ०.६३ प्रतिशत भने कर प्रयोजनका लागि उपलब्ध गराइनेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव कार्कीको भनाइ छ ।