१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार ११:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोस्रो चरणमा बार आन्दोलन : सर्वोच्चमा धर्ना जारी, छठपछि इजलास बहिष्कारसम्मका विरोधका कार्यक्रम तय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार ११:०२:००

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना सुरु गरेको छ। दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बारले आज सर्वोच्च अदालतमा धर्ना दिइरहेको छ।  

सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सर्वोच्चकेन्द्रित आन्दोलनलाई जिल्ला र उच्च अदालतसँगै न्यायाधीकरणसम्म विस्तार गर्ने निर्णय गरेको छ । 

दुई दिनसम्म देशभरका इकाइ प्रतिनिधिसँग छलफल गरी सुझाव लिएपछि सोमबार बसेको बार पदाधिकारी बैठकले जिल्ला र इकाइकेन्द्रित आन्दोलन पनि तय गरेको हो । उपत्यकाका सबै अदालत र न्यायाधीकरणहरूलाई २५ देखि ३० कात्तिकसम्म मध्याह्नअगाडि मुद्दा सुनुवाइ नगर्न आग्रह गरेको छ । 

त्यस्तै, बारले २८, २९ र ३० कात्तिकमा देशभरका सबै ९० वटा बार इकाइमा कालोपट्टी बाँधेर कार्यसम्पादन गर्ने निर्णय गरेको छ । ‘सर्वोच्चका संघर्षरत न्यायाधीशहरूले पनि जबराले सहमतिका नाममा आफूहरूलाई अल्झाउने रणनीति लिएकाले ठोस प्रस्ताव नल्याएसम्म छलफलमै नबस्ने निष्कर्ष निकालेका छन् ।